काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ सय ६९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको बुलेटिनमा १० हजार २ सय ८७ मा कोरोना परीक्षण गर्दा ४ सय ६९ संक्रमित थपिएका हुन् । सोमबार ५ सय ३३ जनामा संक्रमण देखिएको थियो । देशभर सक्रिय संक्रमित ९ हजार १ सय ७४ रहेका छन् । नेपालमा संक्रमण दर १८.३ प्रतिशत पुगेको छ ।
५ सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा २ सय भन्दा बढी संक्रमित भएका जिल्ला १० रहेका छन् ।

तीन जिल्लामा शून्य संक्रमण
यसैगरी संक्रमित शून्य रहेका जिल्लामा मनाङ, हुम्ला र मुगु छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ५५ जनाले कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्य लाभ गरेका छन् ।
योसँगै अहिलेसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको सङ्ख्या ७ लाख ९२ हजार ८ सय ३२ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।
यसैगरी आज कोरोना संक्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४ सय २७ को निधन भएको छ ।
मङ्गलबार ८० हजार ८ सय १८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८६ लाख ७९ हजार १ सय ९८ जनाले पहिलो मात्रा र ७३ लाख २४ हजार ९ सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।




Comments are closed.