काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा १६ हजार ७ सय ३६ जनाको कोरोना परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६ सय १२ छ । नेपालमा कोरोना सङ्क्रमण दर १८.२ प्रतिशत छ । हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर तथा २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् ।
दुई जिल्लामा सङ्क्रमित शून्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई जिल्लामा कोरोना सङ्क्रमति शून्य रहेको छ । हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ४ सय ८४ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ३ सय ६ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ । कोरोना सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४ सय ५४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा सात हजार ७७, संस्थागत आइसोलेशनमा ५ सय ३५, सघन उपचार कक्षमा १ सय ९९ र भेन्टिलेटरमा ५५ सङ्क्रमित छन् । देशभर आज ४३ हजार ३ सय ८० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ लाख ४७ हजार ७ सय १२ जनाले कोरोना खोपको पहिलो मात्रा तथा ७४ लाख ६८ हजार ९ सय१४ जनाले पूर्ण मात्रा लगाएका छन् ।




Comments are closed.