थप ३ सय ७७ जनामा कोरोना पुष्टि

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार १ सय ४९ को कोरोना परीक्षण गरिएको थियो ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ६ सय ७२ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १ सय ७४ रहेको छ । आज १ सय ७० जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ७ सय १४ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट चारको मृत्यु

footwear zone

पछिल्लो २४ घण्टामा थप चार जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८२ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ७९ हजार ५ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४ सय ७६ छ । अहिले होम आइसोलेशनमा ६ हजार ९ सय ८४, संस्थागत आइसोलेसनमा ४ सय ९२, आइसियुमा २ सय १९ र भेन्टिलेटरमा ५९ जनाले उपचार गराइरहेका छन् ।

You might also like

Comments are closed.