थप ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार १ सय ७४ को पिसिआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको संख्या आठ लाख १९ हजार ६ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या ९५ हजार ३ सय ७० पुगेको छ । पछिल्लो समय थप २ सय ७३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या आठ लाख ८ सय ९० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट नौ जनाको मृत्यु

footwear zone

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय ९८ हजार ५ सय ११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या सात हजार ३ सय रहेको छ । हाल होम आइसोलेसनमा छ हजार ८ सय ६९, संस्थागत आइसोलेसनमा ४ सय ३१, आइसियुमा २ सय २३ र भेन्टिलेटरमा ५१ जनाको उपचार हुँदैछ ।

You might also like

Comments are closed.