थप ३ हजार ४२ जनामा कोरोना संक्रमण, उपत्यकामा कति थपिए ?

काठमाडौं । बितेका २४ घण्टामा तीन हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर संक्रमितको सङ्ख्या आठ लाख २३ हजार ६४७ पुगेको छ ।

थप १० हजार ५३० जनाको पीसीआर परीक्षण तथा सात हजार १२४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट दुई हजार ७९ तथा एन्टिजेनबाट ९६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख ९३ हजार ५४३ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४४ संक्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव एक प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ४० हजार ३०९ रहेको छ ।

footwear zone

बितेका २४ घण्टमा देशभर एक लाख ८० हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१४ सङ्क्रमितको सघनउपचार कक्षमा तथा १७१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा ८९८

काठमाडौं उपत्यकामा पछिल्लो समय ८९४ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ६०४, ललितपुरमा १८७ तथा भक्तपुरमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ८६७, भक्तपुरमा एक हजार ४७४ तथा ललितपुरमा दुई हजार २९० रहेको छ । पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २६ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४५५ पुगेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.