२३५ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

 

काठमाडौं । पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको वुलेटिनमा नौ हजार ८४ को परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा चार हजार ८७९ जना सक्रिय संक्रमित छन् । पछिल्लो समय थप २१२ जना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार ९५८ पुगेको छ ।

यस्तै पछिल्लो पटक संक्रमणबाट चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ हजार ५९४ जनाको मृत्यु भइसकेको छ । पाँच सयभन्दा बढी संक्रमण भएको जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् । दुई सयभन्दा बढी संक्रमित भएका जिल्लाहरूमा सुनसरी, कास्की, बाँके र कैलाली छन् । यस्तै शून्य संक्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा छन् । नेपालमा संक्रमण दर १७ प्रतिशत रहेको छ ।

footwear zone

हाल होम आइसोलेशनमा चार हजार ६५१, संस्थागत आइसोलेशनमा २२८, आइसियुमा ८९ र भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३९ हजार १५२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

You might also like

Comments are closed.