भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पाँचखाल नगरपालिका–४ तामाघाटमा रहेको मसला बाली विकास केन्द्रको स्वामित्वको सात रोपनी जमीनमा नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको पाइएको छ । कृषि बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारीको मिलेमतोमा समितिको खातामा रहेको रु १४ लाख ४४ हजार १९९ रकममध्ये रु १४ लाख ३८ हजार ५०० बराबरको रकम आफूखुशी झिकेर हिनामिना गरेको पाइएको छ ।

आयोगले समितिका अध्यक्ष र कोषाध्यक्षसहित कृषि बजारको लेखापरीक्षणले गलत प्रतिवेदन दिएको भन्दै कारवाहीको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीविरुद्ध रु १४ लाख ३८ हजार ५०० बराबरको बिगो कायम गरेको छ ।

footwear zone

गलत लेखापरीक्षण प्रतिवेदन दिने एचके अधिकारी एण्ड एशोसियट्सका सञ्चालक केशव अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग दाबी गरिएको छ ।

You might also like

Comments are closed.