कस्मिक इन्टरनेसनल एकेडेमीद्वारा विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम

काठमाडौं । कस्मिक इन्टरनेसनल एकेडेमीले शनिबार कक्षा ११ मा नयाँ भर्ना प्रक्रिया पूरा गरि गुणात्मक शैक्षिक उद्देश्य प्राप्तिका लागि प्रतिवद्ध रहेका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ।

क्याम्पसका अध्यक्ष लक्ष्मण घिमिरेले विद्यार्थीको शैक्षिक, सामाजिक र व्यावसायिक सफलताको लागि कलेज सदैव तयार रहेको बताए । त्यस्तै अध्ययनका लागि उत्कृष्ट गन्तव्य रोजेको बताउदै विद्यार्थीहरुलाई लगनशिल भएर अध्ययन गर्न उनले आग्रह समेत गरेका छन्।

त्यस्तै, म्यानेजिङ डाइरेक्टर रामशरण सुवेदीले कस्मिक इन्टरनेसनल एकेडेमीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थीहरु उत्पादन गर्न सक्षम भएको बताएका छन् । कलेजका प्रधानध्यापक अर्जुनकुमार खत्रीले विद्यार्थीहरुलाई अनुशासनको शपथ ग्रहण गराएका थिए ।

footwear zone

You might also like

Comments are closed.