कास्कीमा २२ जना सहित गण्डकी प्रदेशमा थपिए ४४ जना कोरोना संक्रमित

पोखरा ।
गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिएका छन् । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४४ जनामा संक्रमण देखिएको हो ।
संक्रमितहरु कास्कीका २२ जना, बागलुङका ३ जना,स्याङ्जाका १ जना, नवलपरासीका १ जना र लमजुङका १७
जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

You might also like

Comments are closed.