नेपालमा २४ घण्टामा १८१४ कोरोना संक्रमित संक्रमणमुक्त, ९८० संक्रमित थपिए

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २८ हजार ९ सय ४१ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् आइतबार काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.