सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहित गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ४ हजार ३ सय ६७ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप ३७ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा बागलुङका ३२ जना, कास्कीका ३ र लमजुङका २ जना छन् ।

संक्रमित हुनेमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

footwear zone

You might also like

Comments are closed.