काठमाडौैं । कोरोना भाइरसको संक्रमण आज बुधबार चार हजार १०७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण भएको पुष्टि गरे ।
उनका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण देखिएको छ ।
यस्तै आज एक हजार ५३५ संक्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । यस्तै काठमाडौं उपत्यकामा एक हजार २७९ संक्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौंमा ९०८ जना संक्रमित भएका छन् ।




Comments are closed.