कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लगाउन स्वाब काठमाडौं पठाइयो

डोटी । सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका १३ जनाको भेरियन्ट पत्ता लगाउन स्वाब काठमाडौं पठाइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको हो ।

संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन संक्रमण पुष्टि भएकाको स्वाब काठमाडौं पठाइएको हो । यहाँका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो भन्ने पत्ता लगाउन नसक्ने भएका कारण कोरोना पुष्टि भएकाको स्वाब परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्था रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

footwear zone

कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डिएनए वा आरएनएमा रहेका तत्वको क्रम अर्थात् सिक्वन्स हेर्नुपर्ने भएकाले कोरोना पुष्टि भएकाको स्वाब काठमाडौं पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए ।

You might also like

Comments are closed.