जापानले कोभिड–१९ रोकथामका लागि पहल गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा बिहिबार आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि निर्वाह गर्नसक्ने भूमिकाबारे छलफल भएको थियो ।

मन्त्री खतिवडाले कोभिड–१९ निवारणका लागि नेपाललाई आवश्यक सामग्री उपलब्ध गराएकामा जापान सरकारलाई धन्यवाद दिए ।जापानले नेपाललाई १ सय ६० थान अक्सिजन जेनेरेटर, २५ थान ब्लड ग्यास एनालाइजर, २५ थान पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र छ थान जापानमा निर्मित एम्बुलेन्स उपलब्ध गराएको थियो । मन्त्री खतिवडाले जापान सरकारले कोभिड–१९ महामारीको रोकथामका साथै जनताको रक्षा, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानका लागि नेपाललाई प्राथमिकता दिएको उल्लेख गरे ।उनले नेपाल–जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत युताकाबाट निर्वाह भएको भूमिकाको प्रशंसा गर्दै दुई देश र जनताको पारस्परिक हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा गर्दै मन्त्री खतिवडाले पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संशाधनको विकासलगायत क्षेत्रमा महत्वपूर्ण जापान सरकारको निरन्तर सहयोग रहदै आएको छ भने ।

footwear zone

राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफूहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताए । उनले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत २० करोड अमेरिकी डलर बराबरको खोप उपलब्ध गराउनाका साथै अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी गराएको बताइएको थियो ।

You might also like

Comments are closed.