काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ६ सय ५३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १६ हजार ६० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ९ सय ९५ छ । आज २ सय ७९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
६ जना को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय चार हजार ५ सय १६ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ५ सय ३५ रहेको छ । होम आइसोलेसनमा सात हजार १०, संस्थागत आइसोलेसनमा ५ सय २५, आइसीयुमा १ सय ८८ र भेन्टिलेटरमा ५४ जनाले उपचार गराइरहेका छन् ।




Comments are closed.