थप ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त

 

काठमाडौं । पछिल्लो २४ घन्टामा ८ हजार ६३६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ पिसिआर र ६३० एन्टिजिन परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितको सङ्ख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । देशभर कोरोनाको सक्रिय संक्रमितको सङख्या एक लाख १७ हजार २६१ पुगेको छ । आज ६ हजार ४०४ जना संक्रमण मुक्त भएका छन् ।

footwear zone

निको हुनेको सङ्ख्या चार लाख ४ हजार ८८७ पुगेको छ । संक्रमणबाट आज १६९ को ज्यान गएको छ । मृतकको कुल संख्या छ हजार ७० ० पुगेको छ ।

You might also like

Comments are closed.