काठमाडौं । गत २४ घण्टामा ६ हजार ७१६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला बुभबार सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको हो । यस अवधिमा ६ हजार ७१४ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी रहेको मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा छ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४९३ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभरमा संक्रिय संक्रमितको सङ्ख्या एक लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृतकको सङ्ख्या ६ हजार ८४५ पुगेको छ ।




Comments are closed.