कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बर देखिएको छ् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १३ हजार ७३३ नमूना परीक्षण गरिएकामा तीन हजार ४७९ मात्रै संक्रमित भएका छन् । यस्तै निको हुनेको सङ्ख्या ६ हजार ६३६ रहेको छ ।

मन्त्रालयको विवरणअनुसार कूल १० हजार ४७१ पिसिआर विधिबाट परीक्षण गरिएको छ भने तीन हजार २६२ भने एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत कूल ९९ जनाको दुःखद् निधन भएको छ । यो सङ्ख्यासहित हालसम्म कूल सात हजार ८९८ जनाको कोरोनाका कारण निधन भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कूल पाँच लाख ८८ हजार १२४ जनामा कोरोना संक्रमण भएको छ भने चार लाख ९१ हजार ९ जना निको भएका छन् । मन्त्रालयका अनुसार नौ वर्ष उमेरसम्मका कूल ३५ जनाको ज्यान गएको छ । यस्तै १० देखि १९ वर्ष उमेर समूहका ३७, २० देखि २९ वर्षका २२६, ३० देखि ३९ वर्षका ६५९, ४० देखि ४९ सम्मका एक हजार १६१, ५० देखि ५९ वर्ष उमेर समूहका एक हजार ५६४ र ६० वर्षभन्दा माथिका कूल चार हजार २१६ जनाको कोरोनाका कारण निधन भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १२ हजार ६७२ जना सक्रिय कोरोना सक्रमित छन् । कूल एक लाख ७९ हजार ८७२ निको भएका छन् भने एक हजार ६९४ जनाको निधन भएको छ ।

footwear zone

यस्तै, भक्तपुरमा कूल तीन हजार ८१२ सक्रिय सक्रमित रहँदा १६ हजार ६९२ जना निको भएका छन् भने ३३७ जनाको निधन भएको छ । यस्तै, ललितपुरमा चार हजार ९४३ सक्रिय संक्रमित हुँदा २९ हजार ४८८ निको भएका छन् । यस्तै, सो जिल्लामा कोरोनाका कारण ४८२ जनाको निधन भएको छ ।

You might also like

Comments are closed.