काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोह्र हजार २३३ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा एक हजार ८०८ जना संक्रमण मुक्त भएका छन् । सोमबार कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ छ । होम आइसोलेशनमा ३३ हजार ३३३, आइसीयूमा ५६८ र भेन्टिलेटरमा १६० जना रहेका छन् ।

नेपालमा हालसम्म सात लाख ६१ हजार १२४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सात लाख १४ हजार ५२० जना निको भइसकेका छन् । पछिल्ला तीन दिनमा पाँच लाख ९७ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।




Comments are closed.