१,६४० संक्रमित थपिए, १० को मृत्यु    

 

काठमाडौं । देशभर बुधबार १ हजार ६४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार विगत २४ घण्टामा १३ हजार ४५५ मा परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण देखिएको हो ।

सक्रिय संक्रमित २९ हजार ४७९ छन् । पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला १७ छन् । आज २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

footwear zone

सो अवधिमा १० जनाको मृत्यु भएको छ । यस अवधिसम्म १० हजार ८८९ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

You might also like

Comments are closed.