काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार २३ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १४ लाख ५६ हजार ३ सय ६६ पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ३४ हजार ८ सय ४२ संक्रमित संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ छ ।




Comments are closed.