ढाका । बंगलादेशमा अहिलेसम्म कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिको संख्या चार लाख सात हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ ।
विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड–१९ संक्रमित हुनेको थप संख्या एक हजार ३२० रहेको र १८ जनाको मृत्यु भएको जनाइएको छ ।
सरकारी तथ्याङ्क अनुसार बङ्लादेशमा पछिल्लो २४ घण्टामा कूल ११ हजार ५३२ कोभिड–१९ को नमूना परीक्षण भएको छ । यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको भएका विरामीको सङ्ख्या तीन लाख २४ हजार १४५ पुगेको छ । शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको संख्या एक हजार ४४२ रहेको महानिर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा कोभिड–१९ संक्रमितमध्ये मृत्युदर १.४५ प्रतिशत रहेको छ भन् ७९.५१ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
बंगलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति संक्रमित भएका थिए भने सबैभन्दा बढी मृत्यु जुलाई ३० मा ६४ जनाको भएको थियो ।




Comments are closed.