काठमाडौं । क्रसफायर र ईटालीका मोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासीक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्ट प्रालिले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत यी दुई व्रान्डका मोटरसाइकल खरिद गर्ने ग्राहकले शून्य प्रतिशत व्याजदर देखी नगद छुटसम्म र लक्की ड्रमा भाग्यशाली विजेताले माउन्टेन फ्लाइटको टिकट पाउनेछन् ।
क्रसफायरको एचजे २५० र ट्रेकर २५० मोटरसाइकल खरिद गर्दा स्क्र्याच कार्डमार्फत २५ हजारसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यसैगरी एसेसोरिज, राइड कुपन र विभिन्न प्रकारका मर्चेन्डाईज समेत पाउन सकिनेछ । ईटालीका मोटोको स्टालीयन २५० र नभडा २५० मोटरसाइकलमा २५ हजार रुपैयाँ छुट तथा फर्मूला १५० स्कुटरमा १५ हजार छुट पाउन सकिने कम्पनीको भनाई छ । यी वाइकमा पनि कम्पनीले एसेसोरिज, रेनकोट र वीन्डचीटर निशूल्क उपलब्ध गराउनेछ ।
फाइनान्स सुविधामा वाइक खरिद गर्दा ५ लाख रुपैयाभन्दा वढी मूल्य पर्ने मोडलमा ६० प्रतिशत डाउनपेन्ट गरेपछि वाँकी हुन आउने रकमलाई ग्राहकले शून्य प्रतिशत व्यादरमा १२ महिनाको किस्तावन्दि सुबिधा लिन सक्नेछन् । १८ महिनाको किस्तावन्दिमा भने ४.९९ प्रतिशत व्याज लाग्ने जनाइएको छ ।

यसैगरी, ५ लाख भन्दा कम मूल्य पर्ने वाइकको हकमा भने कम्पनीले ५० प्रतिशत डाउनपेमेन्टको सुविधा दिएको छ । यसमा पनि १२ महिनाको किस्तावन्दिमा भुक्तानी गर्दा शून्य प्रतिशत व्याज लाग्छ भने १८ महिनाको किस्तावन्दीमा ४.९९ प्रतिशत व्याज तीर्नुपर्ने हुन्छ ।
एक्सचेन्जको सुविधा लिएर वाइक खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले मोटरसाइकलमा ३० हजार र स्कुटरमा २० हजार अतिरिक्त मूल्यांकन दिने जनाएको छ । वम्पर पुरस्कारमा एकजना भाग्यशाली विजेताले निशुल्क एड्भेन्चर राइड टिकट र माउन्टेन फ्लाइट टिकट पाउनेछन् ।
यो अफर क्रसफायर र इटालीका मोटोको देशभर संचालनमा रहेका शोरुममा लागु हुने वताइएको छ ।




Comments are closed.