वैज्ञानिक शिक्षाका लागि सिटिइभिटीको भूमिका महत्वपूर्ण : मन्त्री पौडेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वैज्ञानिक, व्यावसायिक र व्यवहारिक शिक्षाका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को महत्वपूर्ण भूमिका रहेको बताएको छन् ।

सिटिइभिटीको ३४आँै वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले, “नयाँ विषयको खोजी, नयाँ संरचना विकास र स्थानीय तहमा साझेदारी पहँुच विस्तार गरी सिटिइभिटीको क्षेत्र र गरिमालाई बढाउनु आवश्यक छ”, भने । शैक्षिक बेरोजगारी राज्यको ठूलो समस्या भएकाले गुणस्तरीय प्राविधिक शिक्षाले यो समस्या समाधानमा सहयोग पु¥याउने मन्त्री पौडेलले अपेक्षा गरे ।

कार्यक्रममा शिक्षा सचिव यादव कोइरालाले गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी देशलाई आवश्यक मानव स्रोत उत्पादनमा सिटिइभिटीको उल्लेख्य भूमिका रहेको बताउँदै सिटिइभिटीका कर्मचारीले नयाँ अवधारणासहित काम गर्न निर्देशन दिए । “सिटिइभिटीले आफ्नो विशेष पहिचान कायम राख्न निजी शिक्षालयसँग प्रतिस्पर्धी हुनैपर्छ”, उनले जोड दिए । शिक्षा मन्त्रालय सिटिइभिटीको समग्र उन्नयनका लागि सदैव हातोमालो गर्न तयार रहेको र नयाँ ऐनले यी कुरा सुनिश्चित गर्ने बताए ।

footwear zone

सिटिइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले परिषद्ले ‘सीपयुक्त जनता, समृद्ध नेपाल’ दूरदृष्टि राखी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । “गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिममा सबै नागरिकको समावेशी एवं समतामूलक पहँुच पु¥याउन परिषद् क्रियाशील छ”, उनले भने ।

काफ्लेका अनुसार विद्यार्थी भर्ना क्षमताका हिसाबले वार्षिकरूपमा परिषद्को प्रि–डिप्लोमा अन्तर्गत २८ हजार ५५५ जना डिप्लोमा तथा प्रमाणपत्र तहमा ४६ हजार २२७ गरी लामो अवधिका शैक्षिक कार्यक्रममा ७४ हजार ७८२ जना र छोटो अविधका सीपमूलक तालिम कार्यक्रममा एक लाखभन्दा बढीको सङ्ख्यामा विविध प्रकारका शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालन हुने गर्छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाको आफ्नै सय श्ययाको अस्पताल हुनैपर्ने प्रावधानका कारण करिब ७७ वटा नर्सिङ कार्यक्रममा यसै शैक्षिक सत्रदेखि नयाँ विद्यार्थी भर्ना रोकिएका र तीन हजार विद्यार्थी नर्सिङ शिक्षा पढ्नबाट बञ्चित भएको सिटिइभिटीले जनाएको छ ।

कार्यक्रमस्थलमा बनेपा बहुप्राविधिक शिक्षालय, शङ्खरापुर बहुप्राविधिक शिक्षालय, रामेछाप बहुप्राविधिक शिक्षालय, बालाजु स्कूल अफ इञ्जीनियरिङ एण्ड टेक्नोलोजिका विद्यार्थी तथा शिक्षकहरूले आफूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शन गरेका थिए । कार्यक्रममा मन्त्री पौडेलले सिटिइभिटीद्वारा प्रकाशित अनुसन्धानमूलक लेखको जर्नल विमोचन गर्नुका साथै उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गरे ।

You might also like

Comments are closed.