काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१.५८ प्रतिशत लाभांश दिने भएकाे छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले यस बर्ष सेयरधनीलाई चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल चुक्तापुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ रहेको छ र उक्त लाभांश वितरण गरेपछि चुक्तापुँजी १५ करोड ८१ लाख ३८ हजार रुपैयाँ पुग्नेछ ।

बैंठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।




Comments are closed.