काठमाडौंको ‘डल्ले मःम’ अब पोखरामा पनि

पोखरा । काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’को शाखा पोखरामा खुलेको छ । पोखराको मानवअधिकार चोक नजिकै रहेको ‘डल्ले मःम’ को शाखा मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले उद्घाटन गरिन् । उनले काठमाडौंको मःमले पोखरामा आएको खुसी व्यक्त गरिन् । लकडाउनका बेला अप्ठेरोमा परेकालाई सँगसँगै खाना दिने अभियानमा लाग्न पाएकोमा खुसी व्यक्त गरिन् ।

स्वादका साथै गुणस्तरलाई पनि ध्यानमा दिएर सेवा प्रदान गर्न पोखरा आएको डल्ले मःमका सञ्चालक सुवास गौचनले बताए । काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान नगर्दै आएको मःमको पोखरामा ११ औं शाखा हो ।

पोखरा शाखाको चेन पर्यटन व्यवसायी सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले लिएर सञ्चालनमा ल्याएका हुन् । उनीहरुले एक वर्ष पहिले नै सञ्चालमा ल्याएका भएपनि लकडाउनका कारण रोकिएको थियो । ‘अहिले सञ्चालनमा ल्याएका छौं’ सञ्चालक सुनिल भट्टरार्ईले भने ‘अहिले सुरक्षाका साथै स्वाद पनि प्रदान गरेका छौं ।’

footwear zone

‘डल्ले मःम’ मा मुख्य गरेर मःमका परिकार, चाउमिन, आलुका परिकार, फ्राइ राइस र बच्चाका लागि खाजा सेट यसका विषेशता रहेको भट्टराईले बताए । हल्का मसला भएका कारण खान र पचाउन सजिलो हुने उनको भनाई छ । करिब १ सय जना अटाउने गरी आकर्षक डिजाइन गरिएको उनले जानकारी दिए ।

जन्मदिनको पार्टी, एनिभर्सिरी पार्टी लगायतका लागि ठाउँ उपयुक्त रहेको उनले बताए । भट्टराईले ७ सय रुपैयाँ भन्दा बढिको अर्डर गरेमा पोखरा भ्यालीमा फ्रि होमडेलिभरी सेवा समेत रहेको बताए । विहानी तथा साँझका लागि खानाका लागि लन्च बक्सको समेत सुविधा रहेको उनको भनाई छ ।

सन् २०११ देखि डल्ले मःम रेष्टुराँ आलोक योञ्जन र सुवास गौचनले सञ्चालनमा ल्याएका थिए । ग्राहकको स्वास्थ्यलाई र गुणस्तरयुक्त खाजा र खानालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको कारणले डल्ले मःम सबै ग्राहकको रोजाइमा पर्न सफल भएको सञ्चालक सुवास गौचन बताउँछन् ।

कमलादीमा स्थापना शुरु भएको डल्ले मःम गल्फुटार, भाटभटेनी, नक्साल, लबिम मल, जावलाखेल, बुटलबको सुख्खा नगर र कालीका नगरमा शाखा सञ्चालनमा छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोलेका उनीहरुले डल्ले खुर्सानीका अचार पनि बिक्री गर्दै आएका छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि परिकार भने स्वादिष्ट रहेको उनले बताए ।

You might also like

Comments are closed.