अग्रभागमा रहेर व्यवसाय गरिरहेका अधिकृत बिक्रेतालाई खोपमा प्राथमिकता दिन माग

पोखरा । निशेधाज्ञा तथा लकडाउनमा समेत खाद्यान्न लगायत अत्यावश्यक सामान उपभोक्ताको घरघरमा पुर्याउँदै आएका व्यवसायीलाई कोरोना बिरुद्धको खोपमा प्राथमिकता नदिइको भन्दै व्यवसायीले गुनासो गरेका छन् । आफ्नो ज्यानको जोखिमलाई समेत बेवास्ता गर्दै व्यवसायीले सेवा प्रदान गरिरहेको स्मरण गर्दै अधिकृत बिक्रेता संघ पोखराले खोपमा प्राथमिकता दिन आग्रह गरेको छ ।

संघको टोलीले बिहीबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै अग्रभागमा रहेर सेवा व्यवसाय गरिरहेका अधिकृत बिक्रेता तथा कर्मचारीहरुलाई तत्काल खोप दिन माग गरेको छ । ‘यस अगाडि खोप थोरै आयो भनेर हामी चुप लागेर बसेका थियौं,’ संघका महासचिव मनोजकुमार श्रेष्ठद्वारा हस्ताक्षित ज्ञापन पत्रमा भनिएको छ, ‘अहिले खोप आउँदा पनि आफूहरुलाई प्राथमिकता नदिनु दुःखद छ ।’

अधिकृत बिक्रेता तथा कर्मचारीलाई खोप नदिइए व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउनसक्ने अध्यक्ष हरिराज पन्तले बताए । संघका अध्यक्ष पन्तको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

footwear zone

You might also like

Comments are closed.