दराज १२.१२ मा विशेष छूटका साथ नयाँ सामसुङ्ग एस २० एफई जित्ने मौका

काठमाडौं । यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । उक्त अभियान २७ मंसिर मध्यरात देखी ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूट्का साथ भाउचरहरू, र बैंक कार्ड मार्फत थप छूट्को लाभ उठाउन सक्नेछन् । यस अभियानको लागि, सानिमा बैंक, माछापुच्छे« बैंक र सिटीजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम रु १२१२) सम्मको छूट् पाउन सक्नेछन्।

यसबाहेक, उपभोक्ताहरुले “मेगा गिभअवे” को रूपमा रु ६९,९९९ को नयाँ सामसुङ ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्नेछन् । सेलको उत्साहलाई निरन्तरता दिनको लागि, उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्दछन् जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लस लगायत अन्य उत्पादनहरु मात्र रु १ मा जित्न सक्नेछन्। त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जी प्ले दराज मार्फत लन्च गर्दै छ। उक्त फोनहरुमा इच्छुक खरीददारहरूले कार्ड मार्फत १२ प्रतिशतको अतिरिक्त छूट्का साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्नेछन् ।

१२.१२ मा दराजले नेपालमा बनेका सामानहरूलाई विशेष प्राथमिकता दिंदै उत्तम मूल्यमा उपलब्ध गराउँदैछ। ग्राहकहरूले सलाना, भिर जिन्स, र जे फिशर जस्ता अन्य धेरै नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो अफरहरू अपेक्षा गर्न सक्दछन् । यससँग, दराजले स्थानीय सानो र मध्यम आकारका उद्यम (एसएमई) हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरे जस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने आशा गर्दछ।

footwear zone

अभियानका लागि उत्साहित, दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्गले भने, “दराज ११.११ दराज को लागि मात्र नभई विशेष गरी साना आकारका उद्यमहरू र स्थानीय विक्रेताहरुको लागि एकदमै सफल अभियान रहेको थियो। यस प्रकारको सेल अभियानहरूले स्थानीय विक्रेता र एसएमईलाई बढावा दिन राम्रो प्लेटफर्मको रूपमा काम गर्दछ र ग्राहकहरूलाई पनि सुरक्षित र उत्तम शपिंग अनुभव प्रदान गर्दछ। यति भन्दै हामी १२.१२ को साथ २०२० लाई सकारात्मक ढंग ले टुंग्याउने आशा गर्दछौं।”

कोभिड महामारीलाई ध्यानमा राख्दै कम्पनीले ग्राहक र स्टाफको सुरक्षा सुनिश्चित गर्नका लागि उत्तम स्वच्छता अभ्यासहरूको पनि निरन्तर अनुसरण गरिरहेको छ। दराजले आफ्ना ग्राहकहरूलाई उत्तम शपिंग अनुभव सुनिश्चित गर्न कुनै पनि सामान खरीद गर्नु अघि जहिले पनि विक्रेताको रेटिंग्स र उत्पादन सम्बन्धित ग्राहक समीक्षाहरु हेर्न प्रोत्साहित गर्दछ। यस बाहेक ग्राहकहरूले दराज सहायता केन्द्र (हेल्प सेन्टर) मार्फत ग्राहक सेवा सँग आफुलाई चाहिएको सबै जानकारी प्राप्त गर्न सक्दछन।

You might also like

Comments are closed.