भृकुटीमण्डपमा ‘दसैं कार मेला’ आयोजना हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘दसैं कार मेला’ आयोजना हुने भएको छ। नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरेर यही असोज १२ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमा ‘दसैँ कार मेला’ आयोजना हुने भएको हो।

‘क्यास अन ह्विल’ को आयोजनामा हुने मेलामा नयाँ र पुराना गाडी खरिद बिक्री गर्न लागिएको आयोजक कम्पनीका अध्यक्ष मोहन भण्डारीले बताए ।

मेलामा ‘अटो एक्स्पो’ मा नयाँ सवारी किनबेचसँगै एक्सचेञ्ज अफर समेत राखिएको छ भने २ सय भन्दा बढी प्रयोग गरिएका सवारी साधन समेत बिक्रीका लागि राखिनेछ । बिहान १० बजेदेखि ६ बजेसम्म चल्ने मेलामा ५० हजारभन्दा धेरैले भ्रमण गर्ने बताइएको छ ।

footwear zone

 

You might also like

Comments are closed.