आज दसैंको सातौं दिन, कालरात्रि देवीको पूजा आराधना गरिदैँ

काठमाडौं । आज बडा दसैंको सातौं दिन महासप्तमी दिन फूलपाति मनाइँदै छ । आज विभिन्न देवीका शक्तिपिठहरुमा फूलपाति भित्र्याई राति कालरात्रि देवीको पूजा आरधाना गरिदैँ छ ।

दसैंको नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको पूजा गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन कालरात्रिको पूजा–आराधना गरिन्छ।

कालरात्रिको स्वरूप भयंकरको छ। कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निःश्वास लिने गर्छिन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ।

footwear zone

चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छिन्। स्वरूप डरलाग्दो भए पनि कालरात्रिले आफ्ना भक्तलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास छ।यसै दिन भद्रकालीको आराधना पनि गरिन्छ। शक्तिपीठहरूमा पशु बलिसहितको पूजा पनि चल्छ।

 

 

 

You might also like

Comments are closed.