काठमाडौं । ड्याट्सनको नयाँ रेडी गो नेपाली बजारमा सार्वजनिक भएको छ । आधिकारिक वितरण पायोनियर मोटोकर्पले आइतबार भर्चुअल प्रविधिबाट गाडी सार्वजनिक गरेको हो । पायोनियर मोटोकर्पका प्रवन्ध निर्देशक सन्दीपकुमार सारदाले नयाँ रेडी गो सार्वजनिक गरे ।
उक्त अवसरमा बोल्दै उनले इन्ट्रिलेबल सेगमेन्टका लागि नयाँ रेडी उत्कृष्ट गाडी रहेको बताए । नेपाली बजारका लागि सुहाउँदा विशेषताहरुका कारण नयाँ रेडी गो ग्राहकको रोजाईमा पर्ने उनको विश्वास छ । विभिन्न प्रिमियम एवं फिचरहरुले नयाँ रेडी गो भरिपूर्ण रहेको कम्पनीले जनाएको छ । ड्याट्सनको नयाँ रेडि गो देशभरका शोरुमहरुमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ छ ।
ह्याचब्याकको स्लिक एवं बोल्ड लुक्स, पूूर्ण क्रोम सराउन्ड, भिजुअल अपिलिङको लागि एल आकारको डीआरएल, स्लिक हेडल्याम्प, सिल्भर डेकोरेसन, एलईडी फगल्याम्प, १४ इन्च ह्विल, पेन्टाब्लेड ड्युअल टोन ह्विल कभर, एलइडी सिग्नेचर टेलल्याम्प, डोर ट्रिम, १८७ एमएम ग्राउन्ड क्लियरेन्स, क्लास लिडिङ रियर नि रुम कम्फर्ट लगायतका विशेषता नयाँ रेडि गोमा रहेको कम्पनीले जनाएको छ ।

जापानीज ब्राण्ड ड्याट्सनलाई २०१४ देखि नेपालमा सारदा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आइरहेको छ ।
यसरी सार्वजनिक गरियो नयाँ ड्याट्सन रेडी गो
Presenting the Bold New Datsun Redi-Go
ड्याट्सनको नयाँ रेडी गो नेपाली बजारमा सार्वजनिक भएको छ । आधिकारिक वितरण पायोनियर मोटोकर्पले आइतबार भर्चुअल प्रविधिबाट गाडी सार्वजनिक गरेको हो ।
Gepostet von Arthik Awaj am Sonntag, 11. Oktober 2020




Comments are closed.