देशभर बजार विस्तार गर्दै ‘डे गोल्ड टि’

काठमाडौं ।’ डे गोल्ड टि’ ब्राण्डको चियाले देशभर बजार विस्तार गर्ने भएको छ । दामोदर टि प्याकिङ उद्योगमार्फत गत असोजबाट उत्पादित चियालाई देशभर पुर्याइने उद्योगका सञ्चालक रमेश घिमिरेले जानकारी दिए ।

काठमाडौंको कुपन्डोलमा उद्योग स्थापना गरी ४ वटा भेराइटी टि उत्पादन हुँदै आइरहेको घिमिरेले जानकारी दिए । २ सय ग्राम, ५ सय ग्राम र एक केजीको प्याकमा चिया उपलब्ध छ । २ सय ग्राममा कागजको बट्टामा पनि चिया उपलब्ध छ ।

उद्योगबाट उत्पादित चिया बिक्री वितरणका लागि देशभरबाट डिलर माग गरिएको घिमिरेले जानकारी दिए । अहिले काठमाडौंको केही क्षेत्रसहित, नारायणघाट, पोखरा, सुर्खेत, पूर्वको बिराटचोकबाट चिया बिक्री भइरहेको उनले जानकारी दिए । ‘काठमाडौंसहित देशभरका मुख्य शहरमा चिया पुर्याउँछौ,’ उनले भने ।

footwear zone

दुध चियाका लागि लक्षित गरेर चिया उत्पादन गरिएको घिमिरेले जानकारी दिए । १ सय ४० रुपैयाँदेखि ७ सय रुपैयाँसम्मको प्याकमा चिया उपलब्ध छन् । उद्योगमा पहिलो चरणमा ३० लाख रुपैयाँ लगानी भएको उनले जानकारी दिए ।

You might also like

Comments are closed.