मे दिवसमा भएको विरोघ प्रदर्शनमा गोली लागेर एक पत्रकारको मृत्यु

काठमाडौं । चिलीको राजधानी सान्टियागोमा मे दिवसको क्रममा भएको विरोध प्रदर्शनको समयमा भएको गोली प्रहारको कारण एक पत्रकार मारिएका बिहीबार अस्पतालका अधिकारीले जानकारी दिएका छन् ।

गोली प्रहारमा परी तीस वर्षीया फ्रान्सिस्का स्यान्डोभलको मृत्यु भएको छ । “फ्रान्सिस्काले हामीलाई छोडेनन् । उनीहरूले उसलाई मारे,“ सेनल ३ डे ला भिक्टोरिया साइटले लेखे, सो साइडले मृत्युको लागि कसलाई दोष लगाइएको थियो भनेर विस्तृत रुपमा उल्लेख भने गरिएको छैन् ।

“हामी तपाईंलाई सम्झनेछौं र हामी सत्य बताउन सक्दो प्रयास गर्नेछौं,“ भिक्टोरिया साइटले थपेको छ । मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित युनियनको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा स्यान्डोवलको टाउकोमा गोली लागेको थियो ।

footwear zone

गोली लागेर अन्य दुईजना घाइते भएका थिए ।उनको उपचार गरिएको अस्पतालको सघन हेरचाहका प्रमुख डेनियल रोड्रिगेजले स्यान्डोभलको गोली प्रहारबाट भएको मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएको एक विज्ञप्तिमाार्फत बताउनु भएको छ ।

गत हप्ता, गोली प्रहार गर्ने तीन जना अभियुक्त पक्राउ परेका थिए र स्यान्डोभललाई गोली हानेको शंकास्पद व्यक्तिलाई हत्या र अवैध हतियार राखेको अभियोगमा पूर्व परीक्षण हिरासतमा राखिएको थियो ।

वामपन्थी राष्ट्रपति गेब्रियल बोरिकले बिहीबार दिउँसो एक ट्वीटमा स्यान्डोभलको परिवारप्रति संवेदना व्यक्त गर्दै अपराधको लागि “दण्डबाट मुक्त हुन नदिने“ वाचा गर्नु भएको छ । स्यान्डोभलको मृत्युको खबर आएलगत्तै राजधानीमा मैनबत्ती र पत्रकारको तस्बिर राखेर बिभिन्न कार्यक्रमहरु भएका छन् ।एएफपी

You might also like

Comments are closed.