पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा देवेन्द्र केसीले उम्मेदवारी घोषणा गरेका छन् । भदौ २४ र २५ गते हुने संघको अधिवेशनमा आफूले उद्योग उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको केसीले आर्थिक आवाजलाई जानकारी दिए ।
केसी ग्रुपका अध्यक्ष देवेन्द्रले संघको कार्यसमितिमा २ कार्यकाल काम गरिसकेका छन् । केसी ग्रुप अन्तर्गत कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी सञ्चालनमा छन् ।
केसीले प्रत्यक्ष रुपमा २ सय जनालाई रोजगारी प्रदान गर्न सफल छन् । उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने र संघको गरिमालाई थप उच्च बनाउन आफूले योगदान पुर्याउने उनको प्रतिबद्धता छ ।

‘संघमा ४ वर्षसम्म कार्यसमितिमा रहेर काम गरिसकेको अनुभवबाट मैले उद्योग उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ,’ केसीले भने, ‘संघमा आबद्ध सम्पूर्ण उद्योगी, व्यवसायीहरुको साथ र सहयोग प्राप्त हुनेमा म विश्वस्त छु ।’




Comments are closed.