काठमाडौं । भारतीय प्रशिद्ध ब्राण्ड डिलाइट हाइटेक फर्निचरको शोरुम नेपालमा खुलेको छ । डिलाइट नेपाल प्रा.लि.ले डिलाइट हाइटेकलाई नेपाली बजारमा भित्र्याएको छ । काठमाडौंको बबरमहल रोड माइतीघरमा स्थापना गरिएको शोरुमको विश्वविख्यात योगऋषि स्वामी रामदेव जी महाराज र आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण जी महाराजले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै बाबा रामदेवले डिलाइट ब्रान्ड नेपाली बजारमा लोकप्रिय बन्ने विश्वास व्यक्त गरे । डिलाइट हाइटेक सन् १९५७ देखि भारतीय बजारमा उत्पादन तथा बिक्री वितरण हुँदै आइरहेको छ । फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने गरी नेपाली बजारमा हाइटेक डिलाइटलाई भित्र्याइएको प्रालिका अध्यक्ष दालप्रसाद श्रेष्ठ (मनोज)ले जानकारी दिए । डिलाइट हाइटेक उत्कृष्ट फर्निचर ब्राण्ड रहेको बताउँदै उनले नेपाली बजारमा यो ब्राण्ड धेरैको रोजाइमा पर्ने दावी गरे ।
घर, अफिस, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गर्ने कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र न्यौपानेले बताए । ‘ग्राहकको चाहना तथा आवश्यकता अनुसारको फर्निचरको व्यवस्था हुनेछ,’ उनले भने । काठमाडौंमा शोरुम स्थापना भएसँगै देशका मुख्य शहरमा डिलर विस्तार गरिने न्यौपानेले जानकारी दिए ।









Comments are closed.