डिलाइट हाइटेक फर्निचरका लागि देशभरबाट डिलर आह्वान

काठमाडौं । डिलाइट हाइटेक फर्निचरले देशभरका लागि डिलर आह्वान गरेको छ । भारतीय प्रशिद्ध ब्राण्ड डिलाइटका लागि नेपालको एक मात्रै आयातकर्ता डिलाइट नेपाल प्रा.लि.ले देशभरका मुख्य शहरहरुबाट डिलर आह्वान गरेको हो ।

डिलाइटको डिलरसिप लिन चाहने फर्महरुले आवेदन दिनसक्ने प्रालिका प्रवन्ध निर्देशक राजेन्द्र न्यौपानेले जानकारी दिए । डिलाइटका फर्निचर नेपालमा छोटो समयमा लोकप्रिय बनेका छन् ।

डिलाइटका एजुकेसनल फर्निचर, मोडुलर फर्निचर, हस्पिटल फर्निचर, रिसोर्ट एण्ड होटल फर्निचर, ल्याबोरेटरी फर्निचर, अडिटोरियम फर्निचर, लाउन्ज फर्निचर, अफिस तथा आउटडोर फर्निचर लगायत आवश्यकता र अर्डर अनुसारका फर्निचर उपलब्ध रहेको न्यौपानेले जानकारी दिए ।

footwear zone

डिलाइट हाइटेक फर्निचरको मुख्य शोरुम काठमाडौंको बबरमहल रोड माइतीघरमा र गौशालामा छ । डिलाइट हाइटेक सन् १९५७ देखि भारतीय बजारमा उत्पादन तथा बिक्री वितरण हुँदै आइरहेको छ । फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्नेगरी नेपाली बजारमा हाइटेक डिलाइटलाई भित्र्याइएको प्रा.लि.का अध्यक्ष दालप्रसाद श्रेष्ठ (मनोज)ले जानकारी दिए । डिलाइट हाइटेक उत्कृष्ट फर्निचर ब्राण्ड रहेको बताउँदै उनले नेपाली बजारमा छोटो समयमा यो ब्राण्ड धेरैको रोजाइमा परेको बताए ।

घर, अफिस, बैंक, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गरिरहेको उनले बताए । ‘ग्राहकको चाहना तथा आवश्यकता अनुसारको फर्निचरको व्यवस्था हुनेछ,’ उनले भने ।

You might also like

Comments are closed.