डिलाइट हाइटेक फर्निचरको शोरुम नेपालमा, रामदेव र आचार्य बालकृष्णले उद्घाटन गर्ने

काठमाडौं । डिलाइट नेपाल प्रा.लि.ले भारतीय ब्राण्ड डिलाइट हाइटेक फर्निचरलाई नेपाली बजारमा भित्र्याएको छ । भारतको उत्कृष्ट फर्निचर ब्राण्डमा पर्न सफल डिलाइट हाइटेक फर्निचरलाई कम्पनीले आधिकारिक बिक्रेता बनेर आयात गरेको हो । कम्पनीको मुख्य शोरुम बबरमहल रोड माइतीघरमा राखिएको छ ।

शोरुमको कात्तिक ४ गते शनिबार विश्वविख्यात योगऋषि स्वामी रामदेव जी महाराज र आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण जी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष दालप्रसाद श्रेष्ठ (मनोज)ले आर्थिक आवाजलाई जानकारी दिए ।

डिलाइट हाइटेक सन् १९५७ देखि भारतीय बजारमा उत्पादन तथा बिक्री वितरण हुँदै आइरहेको छ । फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने गरी नेपाली बजारमा हाइटेक डिलाइटलाई भित्र्याइएको कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र न्यौपानेले जानकारी दिए । घर, अफिस, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गर्ने उनले बताए । ‘डिलाइट हाइटेक उत्कृष्ट फर्निचर ब्राण्ड हो,’ न्यौपानेले भने, ‘नेपाली बजारमा यो ब्राण्ड धेरैको रोजाइमा पर्नेमा हामी विश्वस्त छौं ।’

footwear zone

ग्राहकको चाहना तथा आवश्यकता अनुसारको फर्निचरको व्यवस्था आफूहरुले गर्ने उनले बताए । काठमाडौंमा शोरुम स्थापना भएसँगै देशका मुख्य शहरमा डिलर विस्तार गरिने न्यौपानेले जानकारी दिए ।

You might also like

Comments are closed.