काठमाडौं । डेल्टा ब्राण्डको ट्युबलेस मोटरसाइकल टायरको नयाँ ६ वटा साइज बजारमा आएको छ । ६ वटा साइज बजारमा आएसँगै डेल्टाको टायर साइज संख्या २६ पुगेको छ । ग्रिन टायर प्रा.लि.द्वारा उत्पादित डेल्टा ब्राण्डका टायरको लागि नेपालमा डिष्ट्रिव्युटर्सको जिम्मा डेल्टा डिष्ट्रिव्युटर्स प्रा.लि.ले लिएको छ ।
टु ह्विलर्स मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताहरुको रोजाईमा नेपाली टायर ब्राण्ड डेल्टा पर्न सफल भएको डेल्टा डिष्ट्रिव्युटर्स प्रा.लि.का प्रवन्ध निर्देशक विक्रम सिंघानियाले बताए । यामाहा, टिभिएस, हिरो, होण्डा, बजबज, सुजुजी लगायत सम्पूर्ण स्कुटर तथा बाइकका टायरहरु डेल्टा ब्राण्डमा नेपाली बजारमा उपलब्ध रहेको उनले जानकारी दिए ।
प्रालिले नेपालमा २५ वटा डिलर मार्फत टायरको बिक्री वितरण गरिरहेका छ । ‘ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । रिपिट अर्डर आउने गरेको छ,’ उनले भने ।

आगामी दिनमा आवश्यकता अनुसार टायरको संख्या थप गरिने सिंघानियाले जानकारी दिए ।

र यो पनि




Comments are closed.