पोखरा महानगरद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण

काठमाडौं ।  पोखरा महानगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण कार्य सुरु भएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच पोखरा महानगरका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेललगायतले पोखरा वडा नं २५ मा १०५ भूमिहीन दलित तथा १३७ भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण गरेका हुन् ।

महानगरपालिकामा ४३१ अव्यवस्थित बसोबासीहरु रहेका छन् । बाँकीलाई क्रमशः प्रक्रिया पुर्‍याएर निस्सा वितरण थालिने नगर प्रमुख आचार्यले बताए। महानगरपालिकामा १९ हजार आठ सय बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु रहेका छन् ।

footwear zone

पोखरा महानगरपालिकाको  भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वडा नं १४, १५,९ वडामा बढी संख्या रहेको छ ।

You might also like

Comments are closed.