५ वर्षभित्र पोखरा महानगरलाई कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य

महानगरद्वारा चार वटा कृषक समूहलाई २० लाख अनुदान वितरण

पोखरा । पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो ।

पोखरा महानगरपालिका पशु सेवा शाखाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो अनुदान वितरण गरेका हुन् । अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक समूह पोखरा ३२ र बेगनास बाख्रा पालन समूह पोखरा ३१ रहेका छन् ।

प्रत्येक समूहलाई ५ लाखका दरले अनुदान वितरण गरिएको हो । अनुदानले १ सय बढी कृषकहरू लाभान्वित हुनेछन् । सो क्रममा मौजा हिल लाईभस्टक फार्म पोखरा २० का कृषक दुर्गाबहादुर गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ घोषणासहित सम्मान गरिएको छ । गुरुङले पोखराका विभिन्न स्थानलाई बाख्रा पालनको पकेट क्षेत्रको रूपमा विकास गर्न तथा कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेका छन् ।

footwear zone

यस्तै पोखरा महानगरपालिका भित्र रहेका १७ वटा उत्कृष्ट कृषि फार्महरूलाई पनि सम्मान गरिएको छ। सम्मानित कृषकका प्रत्येक फार्महरूमा १ सय बढीको सङ्ख्यामा बाख्राहरू पालिएका छन् । उक्त अवसरमा प्रमुख आचार्यले आगामी ५ वर्षभित्र पोखरा महानगरपालिकालाई कृषि तथा पशुजन्य उत्पादनहरू तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताए ।

कृषि उपजको ढुवानी तथा बजारीकरणका लागि कोल्ड स्टोरसहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको बताउँदै प्रमुख आचार्यले महानगरभरि अनुकूलता अनुसारको कृषि व्यवसाय सञ्चालन गर्न सुझावसमेत दिए । कृषि तथा पशु बीमामा सबै किसानहरूलाई सामेल हुन अनुरोध गर्दै उनले बीमालाई थप व्यवस्थित गरिने पनि बताए । ग्रामीण क्षेत्रमा बाँदरको आतंक रोक्नका लागि उपयुक्त निकास खोजिने उनले विश्वास दिलाए ।

मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वाका अध्यक्ष ऋषिराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मोहोर पानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल तथा सञ्चालन बाख्रा पालक कृषक कृष्णराज बरालले गरेका थिए।

You might also like

Comments are closed.