पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

काठमाडौं ।  पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताए ।

महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताए ।

उनले भने, “हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभुत दिने हुनेछ, महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्छौँ ।”

footwear zone

पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत अल्पकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउँदै आचार्यले निर्वाचन घोषणापत्रअनुसार निर्वाचित भएको एक महिना, छ महिना, एक वर्ष र पाँच वर्षभित्रमा के-के काम गर्ने भनेर कार्ययोजना निर्माण गरेर अघि बढ्ने स्पष्ट पारे ।

पोखरेलीको जीवनयापन कसरी सहज र सरल बनाउन सकिन्छ भनेर कार्यक्रम ल्याइउने उनले बताए ।पाँच दलको शक्ति, सामाजिक क्षेत्रमा गरेको योगदानका कारणले जित सम्भव भएको उल्लेख गर्दै आचार्यले ठूलो सङ्ख्यामा मत बदर नभएको भए मतान्तर अझै बढ्ने बताए ।

आचार्य नेकपा (एमाले)का कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत ल्याए ।

You might also like

Comments are closed.