काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । उनले १ हजार ४ सय १३ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी करण चौधरीले १ हजार ३ सय ४७ मत ल्याएका छन् ।
त्यसैगरि सदस्यमा अनुपकुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंघानिया, गोपाल भटट्राई, निलमणि पाठक, निराकर श्रेष्ठ, वरदान बस्नेत, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, पंकज अग्रवाल, प्रदीपमान प्रधान र आकाश गोल्छा निर्वाचित भएका छन् । संस्थागत सदस्य तर्फभने सर्वसम्मत भएको थियो ।

नवनिर्वाचित अध्यक्ष थापाले नाडालाई सबै अटो व्यवसायीको साझा संस्था बनाउने लक्ष्यसहित अगाडी बढ्ने बताए । ‘बिगतका इतिहासमा नाडाको जुन गरिमा, जुन उचाई थियो त्यसलाई पुनः सोही स्थानमा पुर्याउने र विधान संशोधन गरेर नाडामा हाल रहेका विकृति, विसंगति हटाउने छु,’ उनले भने ।




Comments are closed.