काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट समग्रमा राम्रो भएको बताएका छन् । अटोमोबाइल क्षेत्रको केही माग सम्बोधन भएको पनि उनको भनाइ छ । यद्यपि सरकारले इन्ट्रि लेभलका विद्युतीय गाडीमा करको दर बढाउनु गलत भएको उनले टिप्पणी गरे ।
‘महंगा विद्युतीय गाडीको कर घटाउनु राम्रो नै हो । सस्तो र महंगो गाडीको ग्याप कम गर्न हामीले माग गर्दै आएका थियौं,’ उनले भने, ‘तर, ५० देखि १०० किलोवाटसम्मका इन्ट्रि लेभलका इभी गाडीको कर बढाउनु राम्रो होइन । यसमा हाम्रो अब्जेक्सन छ ।’ सरकारले इभीलाई प्रमोट गर्ने बताइरहँदा कर बढ्नु गलत भएको थापा बताउँछन् । ५० देखि १ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार कर र १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था बजेटमा गरिएको छ ।
एसेम्बलिङ उद्योगमा दिइदै आएको कर छुटमा हेरफर नगरिएको प्रति नाडाले स्वागत गरेको छ ।

यसैबीच नाडाको बैठक मंगलबार बसेको छ । नाडाले बजेटका सन्दर्भमा आधारिक धारणा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।




Comments are closed.