काठमाडौं । कोरोना कहरले बन्द भएको धुलिखेल जिपलाईन ३ महिना पछि शुक्रबार (साउन ८ गते) देखि सुरु भएको छ।
मनसुन अफर अन्तर्गत जिपलाइनको शुल्कमा २० प्रतिशत छुट गरिएको छ। क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरि २ हजार, सुपरम्यान जिपलाइनको ३ हजार पाँच सयमा छुट गरि २ हजार ८ सय र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सयमा छुट गरि ३ हजार ४ सय कायम गरिएको बताइएको छ।
जिपलाइन सँगै फोटो भिडियो प्याकेजमा समेत छुट दिइएको थापाले बताए। क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडियोको लागि ७ सय रुपैयाँ लाग्ने भएपनि हाल ५ सय रुपैयाँ कायम गरेको र टेन्डम (जोडि) जिपलाइनमा फोटो र भिडियोको लागि एक हजार रुपैयाँ लाग्ने भएपनि हाल ५ सय रुपैयाँ कायम गरेको छ। साथै धुलिखेल जिपलाइनले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि नि:शुल्क प्रवेश पाइने संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताए ।

कोभिड १९ का कारण सुरक्षा सावधानी अपनाउँदै सन्चालन गरिएको बताइएको छ। २०७५ फागुनदेखि व्यवसायिक रुपमा धुलिखेल जिपलाइन सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ।
क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ।




Comments are closed.