आरोग्य आश्रम टुटुङगालाई डायमन्ड भिलेजको साथ

 

पोखरा । लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजले आरोग्य आश्रम टुटुङगामा रहेका बृद्धहरुलाई खाना खुवाउने तथा टोपी वितरण कार्यक्रम गरेको छ । क्लबका पूर्व अध्यक्ष तथा जोन चियरपर्सन पवित्रा न्यौपानेको जन्मदिनको अवसरमा कार्यक्रम गरिएको हो ।

क्लबका अध्यक्ष लक्ष्मी कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा डिपार्टमेन्ट प्रमुख शिवराज आचार्य, रिजन चियरपर्सन पुष्पा आचार्य लगायतको उपस्थिति थियो ।

footwear zone

कार्यक्रमको सञ्चालन सचिव कमला गुरुङ सुवेदीले गरेकी थिइन् भने स्वागत सहसचिव पद्मा शर्माले गरेकी थिइन् । क्लबले आश्रममा आएर कार्यक्रम गरेको प्रति आश्रमका अध्यक्ष नारायण शर्माले धन्यवाद व्यक्त गरे ।

You might also like

Comments are closed.