साना योजनामापनि प्रदेशकै मुख ताक्ने भए स्थानीय तहको काम छैन : सभापति कोइराला

 

पोखरा ।गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साना साना योजनामा पनि प्रदेशकै मुख ताक्ने हो भने स्थानीयले तहको काम नभएको बताएका छन्। ठुला ठुला योजना संघीय सरकार, मंझौला योजना प्रदेश सरकार र साना योजना स्थानीय सरकारले गर्नुपर्ने बताउदै उनले साना साना योजनालाई पनि वडाध्यक्ष गाउँपालिका ,नगरपालिका र महानगरहरुले प्रदेशलाई देखाउने गरेको भन्दै कोइरालाले आक्रोश पोखे । इमान्दारिता हराउदै गएकोले यस्तो समस्या आएको उनको भनाई थियो । वडाले गर्नेकाम वडाकै हो वडाले नसके प्रदेशले गर्ने हो कोइरालाले भने ।

पोखरा महानगरपालिका वडानं २७ धम्पुसेटोलमा नवनिर्मित विश्वकर्मा मन्दिरको उद्घाटन कार्यक्रममा सोही वडाका वडाध्यक्ष पूर्णकुमार गुरुङले साना योजनामा पनि प्रदेश सरकार र सांसद कोइरालालाई देखाएपछि कोइरालाले उक्त कुरा बताएका हुन् । कोइरालाले दश बर्षे महान जनयुद्धले समाजमा रहेको विभेदहरुलाई हटाउन समाजलाई रुपान्त्रण गरेको बताए । पोखरा महागनरपालिकाका वडानं २७का वडाध्यक्ष पूर्णकुमार गुरुङले वडाले आफ्नो वडाभित्र निर्माण भएका मठ मन्दिर गुम्बा सवैक्षेत्रमा सहयोग गर्ने बताउदै मन्दिर रंगरोगनको लागि आफ्नो १० हजार सहित ६० हजार सहयोग गर्ने बताए ।

footwear zone

वडानं २७का नेकपा वडाध्यक्ष सूर्यमणि लामिछानेले धुम्पुसटोल बासीको सक्रियतामा निर्माण भएको विश्वकर्मामा मन्दिरको संरक्षणको लागि जोड दिदै १८ हजार भन्दा बढी आफुले सहयोग गर्ने जनाए । कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य धनबहादुर गुरुङ, क्याप्टेन गणेश प्रसाद गुरुङ, इन्द्रबहादुर गुरुङ,सुवेदार टेक प्रसाद लामा, नेकपा इलाका इन्चार्ज लक्ष्य बहादुर खत्री , स्थानीय तेज बहादुर विश्वकर्मा, प्रेम विश्वकर्मा, सूर्य वि.क लगायतले बोलेका थिए । कार्यक्रम जुमलाल विश्वकर्माको अध्यक्षतामा भएको थियो ।

You might also like

Comments are closed.