पोखरालाई केन्द्रबिन्दु बनाई यातायातका साधन तथा यातायातका साधनमा प्रयोग हुने सामग्रीको व्यापार व्यवसायमा संलग्न डिलर तथा उत्पादन गर्ने उद्यमीहरुबीच व्यापारमा एकता कायम गरी उपभोक्तालाई सर्वसुलभ तरिकाले सेवा पु¥याउने उद्देश्यले वाडाको स्थापना भएको हो । व्यावसायिक हकहित संरक्षण एवं व्यवसायीहरुबीच पेशागत एकता, आपसी सद्भाव कायम राख्दै आर्थिक विकासमा विकसित राष्ट्रहरुले हासिल गरेको फड्कोलाई सकारात्मक ढंगबाट केलाएर नेपाली अर्थतन्त्रको विकासमा टेवा पु¥याउने वाडाको लक्ष्य छ । २०७७–०९–१८ गतेको १५औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट निर्वाचित कार्यसमितिले कोभिडको प्रतिकुल अवस्थाका बीच पनि धेरै राम्रा कार्यक्रम गर्न सफल भएको छ । कोभिड–१९ ले व्यवसायमा पारेको प्रभाव लाई मध्यनजर गर्दै सामाजिक एवं परोपकारी कार्यहरु गर्दै व्यवसायिक हक, हित र संस्थाप्रति उत्तरदायित्व रही रचनात्मक कार्यहरु सम्पन्न गरेका छौं । वाडामा संस्थापक सदस्य २७, विशिष्ट सदस्य २, आजीवन सदस्य ९१ र साधारण सदस्य ८८ गरी हालसम्म २०९ सदस्य छौं ।
कार्यसमितिको बैठक २० वटा बस्न सफल भएका छौं । आजीवन सदस्य ५ र साधारण सदस्य २० गरी २५ जना सदस्य थप गरिएको छ भने नवीकरण नभएका २३ साधारण सदस्यतालाई खारेज गरेका छौं । हामीले सामाजिक उत्तरदायित्व बहनलाई प्राथमिकतामा राख्दै आइरहेका छौं । जस अन्तर्गत ट्राफिक सचेतना कार्यक्रमहरु विभिन्न समयमा गर्न सफल भएका छौं । जिल्ला ट्राफिक कार्यालय कास्कीको आयोजनामा तथा यस एशोसियसनको सहकार्यमा १ हप्ते ट्राफिक सचेतना कार्यक्रम, १५ हजार थान सचेतना प्रचार र ३० थान ट्राफिक सचेतना ब्यानर र माक्स वितरण गर्न सफल भयौं । ट्राफिकसँग सम्बन्धित कार्यक्रमको संयोजन कार्यसमिति सदस्य अशोक चालिसेले गर्नुभएको थियो ।
त्यसैगरी कोभिड महामारीको समयमा हामीले व्यवसायीलाई खोप उपलब्ध गराउन पहल ग¥यौं । भदौ १ गते र २३ गते गरि एशोसियसनमा आवद्ध व्यवसायी सदस्यहरूको फर्ममा कार्यरत कर्मचारी र मजदुर गरि करिव ४ सय ५० जनालाई एशोसियसनको पहलमा कोभिड १९ विरुद्धको पहिलो र दोस्रो मात्रा भेरोसिल खोप लगाउने कार्यक्रम सम्पन्न गरिएको थियो । यस कार्यक्रमको संयोजक कोषाध्यक्ष शिव श्रेष्ठ रहनुभएको थियो ।

पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले संस्थाको आठौं कार्यसमिति बैठक मुगुको रारा तालमा बसी असोज २ देखि ५ गते सम्मको कार्यसमिति र सल्लाहकारसहितको भ्रमण सम्पन्न भयो । यस कार्यक्रमको संयोजक कोषाध्यक्ष शिव श्रेष्ठले गर्नुभएको थियो । त्यस्तै, पोखरा उद्योग वाणिज्य संघको ६७औं अधिवेशनको अवसरमा वाडालाई उत्कृष्ट बस्तुगत संघ सम्मान प्रदान गरिएको थियो ।
यात्रु सहायता कक्ष स्थापना, छात्रवृत्ति वितरण, स्वागत एवं बधाई, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम हामीले सम्पन्न गरेका छौं । २०७८ मंसिर २२ र २३ गते काठमाडौंमा सम्पन्न नाडाको ४५औं वार्षिक साधारण सभाबाट यस एशोसियसनका पूर्व अध्यक्ष ध्रुव बहादुर थापा अध्यक्षमा र अध्यक्ष मोहनबाबु खड्का उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँहरु लगायत नाडाका नव निर्वाचित पदाधिकारी एवं सदस्यज्यूहरुलाई एशोसियसनको तर्फबाट स्वागत, सम्मान तथा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना कार्यक्रम सम्पन्न गरेका छौं ।

ट्राफिक सामग्री हस्तान्तरण, शैक्षिक सम्मान, पारिवारि वनभोज, क्यालेण्डर छपाई, वार्षिकउत्सव मनाउने कार्यक्रम, कर वृद्धि सम्बन्धमा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा यातायातका साधनमा गरेको उल्लेखनीय कर बृद्धिको विरोध लगायतका कार्यक्रम हामीले गर्न सफल भएका छौं ।




Comments are closed.