सुनिता सुबेदी, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले आज सार्वजनिक गरेको अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद मूल्य ८२ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ८२ रुपैयाँ ६५ पैसा रहेको छ ।अष्ट्रेलियन डलर २९ महिना यताकै सस्तो भएको छ।
त्यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५९ पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर९५ रुपैयाँ ४० पैसा, युरो एकको खरिद मूल्य १२७ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १३ पैसा, पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०२ पैसा र बिक्री दर ९ रुपैयाँ ०६पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३१ पैसा र बिक्री दर १८ रुपैयाँ ३९ पैसा, कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ १६ पैसा र बिक्रीमा ९ रुपैयाँ २१ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ७४ पैसा र बिक्रीमा १६ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

त्यस्तै, साउदी रियाल एकको खरिद दर ३४ रुपैया ९७ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ १३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर २८रुपैयाँ २५ पैसा रहेको छ । कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४२३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४२५ रुपैयाँ ३० पैसा र बहराइन दिनार एकको खरिदमा ३४८ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३५० रुपैयाँ रहेको छ ।





Comments are closed.