काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विदेशी मुदा विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ४६ पैसा र विक्री दर १३२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद मूल्य १२७ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८२ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ८२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९२ रुपैयाँ १० पैसा रहेको छ ।
यसैगरी, जापानी रियाल १० को खरिद मूल्य ८ रुपैयाँ ९५ पैेसा र बिक्री मूल्य ८ रुपैयाँ ९९ पैसा, चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २९ पैसा र बिक्री दर १८ रुपैयाँ २७ पैसा, हङ्कङ डलर एकको खरिद मूल्य १६ रुपैयाँ ७५ पैसा र बिक्री मूल्य १६ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

त्यस्तै,साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ४२३ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ५६ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४८ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३५० रुपैयाँ ३१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ १५ पैसा रहेको बैंकले जनाएको छ ।
पछिल्लो सयमा डलरको भाउ दिनकै उकालो लागि रहेको छ भने नेपाली पैसा कम्जोर देखिएको छ ।डलरको मूल्य बढ्दा विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ ।अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने देखिन्छ ।
मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ ।
जसले शोधनान्तरस्थिति र विदेशि मुद्रा सञ्चितिमासमेत नकारात्मक असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।





Comments are closed.