डलरको उकालो यात्रा कायमै, नेपाली मुद्रा हालसम्मकै कमजोर

सुनिता सुबेदी । विश्व बजारमा पछिल्लो समय डलरको भाउ निरन्तर बढ्दै गएको छ । विश्व बजारमा डलरको मूल्य बढेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राविनिमय दर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५४ पैसा र विक्रीदर १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।

बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएको, त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाएको लगायत कारण अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेकोले अहिले अमेरिकी डलरको भाउले दिनदिनै नयाँ रेकड कायम गरिरहेको छ ।

त्यस्तै, बिहीबार युरोपियन युरो एकको खरिद मूल्य १२९रुपैयाँ ६५ पैसा र बिक्रीमा १३० रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ३५ पैसा र बिक्री दर ८३ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३० पैसा र बिक्री दर ९६ रुपैयाँ ५४पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर आज १४९ रुपैयाँ १९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा तोकिएको छ।

footwear zone

साथै कुवेती दिनार एकको खरिद दर ४२७रुपैयाँ १२पैसा र बिक्री दर ४२९ रुपैयाँ ०५पैसा, बहराइन दिनार एकको खरिद दर ३५१ रुपैयाँ ४४पैसा र बिक्रीदर ३५३ रुपैयाँ ०३पैसा तोकिएको छ।

त्यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २८ पैसाँ र बिक्री दर ३५ रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिद मूल्य ३६रुपैयाँ ०८ पैसा र बिक्री मूल्य ३६रुपैयाँ २५ पैसा, मलेसियन रिंगिट एकको खरिद मूल्य२८ रुपैयाँ ०८पैसा र बिक्रीमूल्य २८ रुपैयाँ २१ पैसा राष्ट्र बैंकले तोकेको छ।

जापानी रियाल १० को खरिद मूल्य ८ रुपैयाँ ८६ पैेसा र बिक्री मूल्य ८ रुपैयाँ ९० पैसा, चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३४पैसा र बिक्री दर १८ रुपैयाँ ४३ पैसा, हङ्कङ डलर एकको खरिद मूल्य १६ रुपैयाँ ८८पैसा र बिक्री मूल्य १६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । बुधबारको भन्दा अधिकांश देशको मुद्रा विनिमय दर बढेको देखिन्छ ।यसले नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ ।

डलरको भाउ बढ्नाले नेपालको रेमिटेन्स बढ्नेछ भने नेपालमा आउने पर्यटकले गर्ने खर्चले नेपालको अर्थतन्त्रमा केही वृद्धि हुने देखिन्छ तर अर्थतन्त्रमा भने नकारात्मक असर पर्ने देखिन्छ ।डलरको भाउ बढ्दा आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।

मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्ने देखिन्छ ।

यस्तो छ आजको विनिमय दर :

You might also like

Comments are closed.